किराँत जनवादी वर्कर्सका दुई नेता जेल चलान | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

किराँत जनवादी वर्कर्सका दुई नेता जेल चलान

money

काठमाडौं, ११ मंसिर । जबर्जस्ती चन्दा उठाएको कसुरमा किराँत जनवादी वर्कर्स पार्टीका दुई केन्द्रीय सदस्य जेल चलान भएका छन् ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका इश्वरकुमार राई र क्रान्तिलाल भनिने तौलकुमार राई सोमबार जेल चलान भएका हुन् ।

विभिन्न ठाउँमा जबर्जस्ती चन्दा उठाएको मुद्दामा सोलुखुम्बु जिल्ला अदालतले २०७३ जेठ ३१ गते उनीहरुविरुद्ध दुई÷दुई बर्ष कैद र जनही दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

यसैबीच वार्ताको चरणमा रहेको बेला आफ्ना नेतालाई जेल चलान गरिएको भन्दै वर्कसका प्रवक्ता बिरु किरातीले आपत्ति जनाएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);