झापामा व्यवसायिक रबर खेतीमा आकर्षण बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

झापामा व्यवसायिक रबर खेतीमा आकर्षण बढ्दै

jhapa

पुजन घिमिरे

झापा, ८ मंसिर । कृषिजन्य उत्पादनका लागि उर्वरभूमी मानिने झापामा धान, चिया र सुपारी खेतीपछि पछिल्लो समय रबर खेतीप्रति कृषकको आर्कषण बढ्दो छ । यहीँ आर्थिक वर्षदेखी सरकारले झापालाई रबर खेतीका लागि जोन जिल्ला घोषणा गरेपछि व्यवसायिक रबर खेती गर्नेहरु उत्साहित बनेका छन् ।

धान र चिया खेति भन्दा कम झन्झटिलो र बढी आम्दानी हुने भएपछि झापामा व्यवसायिक रबर खेतीमा आकर्षण बढ्दै गएको छ । झापामा २०४८ सालबाट रबर खेती सुरु भएपनि डेढ दशक अघिबाट व्यवसायिक रवर खेती गर्नेहरुको संख्यामा वृद्धि भएको हो ।

पछिल्लो समय झापामा रबर खेती फस्टाउँदै गएपछि सरकारले चालु आर्थिक वर्षबाट झापालाई रबर जोन जिल्ला घोषणा गरेको छ । झापामा व्यक्तिगत तवरले कृषकले मात्र होइन सामुदायिकरुपमा सहकारी र सामुदायिक वनले समेत व्यवसायिक रबर खेती गर्दै आएका छन् ।

झापाका तीन सामुदायिक वनसहित बुधबारे, शनिश्चरे, धाइजन, पृथ्वीनगर, घेराबारी, राजगढ, खुदुनाबारी, सुरुङ्गा लगायतका स्थानमा रबर खेती हुँदै आएको छ । सरकारले रबर जोन कार्यक्रम मार्फत् प्राविधीक सहयोग गरेसँगै बिरुवा उत्पादन र बजारीकरणमा सहयोग गर्न सके रबर खेतीबाट धेरै राम्रो आम्दानी लिन सकिने कृषकहरुको धारणा रहेको छ ।

रबर जोन परियोजना कार्यान्वयन इकाई झापाका अनुसार हाल जिल्लाको ५ सय विगाहा क्षेत्रफलमा हुने रबर खेतीबाट मासिक १० टन रबर उत्पादन हुने गरेको छ । अघिल्लो आर्थिक वर्ष झापामा एक करोड ४४ लाख रुपैयाँ वरावरको रबर उत्पादन भएको थियो ।

झापालाई सामुहिक र संस्थागतरुपमा व्यवसायिक रबर खेतीका लागि कार्यक्रम अघि बढाइसकिएको रबर जोन परियोजना कार्यान्वयन इकाई झापाका वरिष्ठ कृषि अधिकृत शेषराज पौडेलले बताए ।

साना किसान प्राकृतिक रबर उत्पादक संघका अनुसार रबरबाट ७ बर्षदेखि २५ बर्षसम्म नियमित आम्दानी लिन सकिन्छ । एउटा रुख बराबर बार्षिक ८ देखि १० लिटरसम्म चोप निकाल्न सकिने रबर खेतीमा संलग्न कृषकको भनाई छ ।

रबरको चोप प्रति लिटर ५० देखी ७० रुपैयाँमा बिक्री हुने गरेको छ भने प्रशोधित रबर प्रति केजी २ सय ५० देखि ३ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);