७ महिनामा ९० हजारभन्दा बढी विद्यार्थी विदेश | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

७ महिनामा ९० हजारभन्दा बढी विद्यार्थी विदेश

bidhyarthi bidesh

काठमाडौं, ८ मंसिर ।  काठमाडौँ — विकासशील राष्ट्रहरूको उच्च शिक्षामा कुल भर्नादर करिब ३० प्रतिशत छ । नेपालको भने १४ प्रतिशतमात्र रहेकामा शिक्षा अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

यस वर्षको ७ महिनामै विदेश अध्ययन गर्न जानेको संख्या ९० हजारभन्दा बढी पुगिसकेको छ । त्यसमध्ये भारतमा जाने ३० हजार छन् ।

विश्वविद्यालय अनुदान आयोगको रजत महोत्सवका अवसरमा शुक्रबार सानोठिमीमा आयोजित समारोहमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । मुलुकमा ११ विश्वविद्यालय र ६ मानित विश्वविद्यालय (डिम्ड युनिभर्सिटी) छन् । सरकारले थप सातै प्रदेशमा विश्वविद्यालय थप्ने योजना बनाएको छ ।

ती विश्वविद्यालयका आंगिक, सम्बन्धनका सामुदायिक र निजी गरी १ हजार ४ सय ८ क्याम्पस छन् । ‘विगतका दुई–तीन वर्षको तथ्यांक केलाउने हो भने कुल भर्नादर क्रमश: घट्दै गइरहेको छ,’ आयोगका सदस्य सचिव देवराज अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भने, ‘यो तथ्यांकले सन् २०२२ मा नेपाललाई विकासशील राष्ट्रमा पुर्‍याउने सरकारको लक्ष्य चुनौतीपूर्ण देखाउँछ ।’

तथ्यांकअनुसार गत वर्ष स्नातकदेखि विद्यावारिधिसम्म ३ लाख ७१ हजार १ सय ८४ विद्यार्थी भर्ना भएका छन् । तीमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा २ लाख ८९ हजार ५ सय ६६ र सबैभन्दा कम लुम्बिनी बौद्ध विश्वविद्यालयमा २ सय ३६ छन् । अघिल्लो वर्षको तुलनामा भर्नादर १ प्रतिशतले घटेको छ । उच्च शिक्षामा छात्राको सहभागिता वृद्धि भएर ५५ प्रतिशत पुगेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);