शाही आयोग खारेज गर्ने पूर्वप्रधानन्यायाधीश गिरीको निधन | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

शाही आयोग खारेज गर्ने पूर्वप्रधानन्यायाधीश गिरीको निधन

kedarprasad-Giri

काठमाडौं, ८ मंसिर । भ्रष्टाचार नियन्त्रण शाही आयोग खारेज गर्ने इजलासको नेतृत्व गरेका पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएका उनको सोही दिन पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। दम र उक्तचापको समस्याबाट पीडित गिरी २०६४ सालमा प्रधानन्यायाधीश भएका थिए।

राजा ज्ञानेन्द्र शाहको शासनकालमा गिरीकै नेतृत्वमा गठित पाँच सदस्यीय विशेष इजलासले भ्रष्टाचार नियन्त्रण शाही आयोग खारेज गरेको थियो। आयोग खारेजीको फैसलामा इजलास ‘सेयर’ गरेका पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा गिरीलाई तर्कसंगत राय दिने मिलनसार व्यक्ति भएको बताउँछन्। गिरी गणतान्त्रिक शासनकालका पहिलो प्रधानन्यायाधीश हुन्। उनले तीन वर्ष प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।

शाही आयोगको संवैधानिक वैधानिकता परीक्षण गर्नुअघि दरबारबाट न्यायालयमै रगतको खोलो बगाइने भन्दै तर्साइएको थियो। तर पनि ज्यानको बाजी राखेरै न्यायालयले २०६२ फागुन १ मा शाही आयोग गठन प्रक्रिया गैरसंवैधानिक भएको ठहर गर्‍यो। त्यसको नेतृत्व गिरीले नै गरेका थिए।

अदालतको फैसलासँगै भ्रष्टाचारमा सजाय पाएर थुनामा रहेका सबै मुक्त भए। पाँच सदस्यीय विशेष इजलासले सर्वसम्मत रूपमा शाही आयोग खारेजीको फैसला गरेको थियो। फैसला खारेज त भयो। तर गिरीले असुरक्षा महसुस गरिरहे। सोही कारण फैसलालगत्तै उनी अमेरिका गए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);