काठमाडौं, ७ मंसिर । नेपालीहरुको महत्वपूर्ण पर्व र खेतीपातीको काम सकिएलगत्तै सुदुरपश्चिमका यूवाहरु धमाधम भारतमा रोजगारी गर्न जान थालेका छन् । देशमा पर्याप्त रोजगारीको अवसर नभएपछि यूवाहरु नेपालगंज स्थित जमुनाहा नाकाबाट धमाधम भारततर्फ गईरहेका हुन् ।
नेपालीहरुको महत्वपूणपर्व र खेतीपातीको काम सकिए लगत्तै सुदुरपश्चिमका युवाहरु धमाधम भारतमा मजदुरी गर्न जान थालेका छन् । अहिले नेपालगंज स्थित जमुनाहा नाकामा पुग्ने हो, भने मलिनो अनुहार, झोलाझाम्टा बोकेका सयौं यूवाहरु लामालस्कर यो नाकामा भेटिन्छन् । यसरी हिडेका यूवाहरुले आफ्नो खेतबारीको उब्जनीले केही महिना मात्र पुग्ने भएकाले वाध्य भएर भारततर्फ जानु परेको गुनासो समेत गर्छन ।
भारततिर मजदुरी गर्न जानेमा युवा मात्र हैन, महिला, बालबालिका र वृद्धवृद्धा समेत रहेका छन् । कतिपय सपरिवार भारततिर मजदुरी गर्न गईरहेका छन् । हातमा सीप, कला भएका दक्ष जनशक्ति पनि नेपालगन्ज नाका हुँदै भारततिर गैईरहेका भेटिन्छन् । महिला र युवतीहरुहरु भने, भने अनुसारको काम र दाम देशमा नपाउँदा भारततिर मजदुरीका लागि जानु परेको बताउँछन् ।
चाडपर्व र खेतपाती काम सकेर कोही हिउँदसम्मका लागि त कोही आगामी दशैतिहारसम्मका लाग मजदुरी गर्न भारततिर गएका छन् । यतिबेला गाउँघर सुनसान बन्न थालेका छन् । देशमा बेरोजगारीको समस्या भएका कारण भारतमा काम गर्न जानु पर्ने नेपालीको बाध्यता हो । उनीहरु भारत गईरहेका वेला राजनैतिक दल र सरकारले स्वदेशमै रोजगारीका अवसर सृजना गरि अर्काको देशमा जानुपर्ने बाध्यता हटाउनुपर्ने यसरी विदेशिने यूवाको भनाई थियो ।