काठमाडौं, ६ मंसिर । नेपालको राजनीति, राजनीतिक दलहरुले गर्दा तातिनै रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसको आरोप-प्रत्यारोपले तातिनै रहेको थियो । तर, केहि समय यता देखि राजनीतिक पार्टीहरुको क्रियाकलापलाई पनि छायामा पार्ने गरि एउटा विषय चर्चाको विषय बनेको छ । नेपाल वायुसेवा निगमले करिब पाँच महिना अगाडी जब दुईटा वाइडवडी विमान भित्र्यायो, त्यसपछि यो विषयले निकै धेरै चर्चा पाएको छ । अहिले यो विमानको स्वामित्व निगमसंग छैन भन्ने सम्मको बहस चुलिएको छ । के यसको लालपुर्जा हामीसंग छैन ? यदि यसको स्वामित्व हामीसंग छैन भने के यो भाडामा ल्याइएको हो ? वाइडवडी प्रकरण के हो ? वाइडवडी ल्याउदा नेपालले इज्जतमात्र हैन पैसा पनि कमाउछ भनिएको थियो, आज हामी कहाँ पुग्यौ त ? पैसा कमायौ कि, इज्जत कमायौ कि वा समृद्धिको उडान भरिरहेका छौ ? यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारसँग गरेको कुराकानी हेर्नुहोस् :
वाइडवडी विमान खरिदमा मन्त्री अधिकारीको भूमिका कस्तो ? : सुगतरत्नको जवाफ (भिडियो सहित)
ताजा समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक आज
२४ घन्टा अघि
माओवादी अध्यक्ष प्रचण्ड भैरहवामा
२४ घन्टा अघि