काठमाडौं, ५ मंसिर । सरकार गठन भएको आज नौ महिना पुरा भएको छ । नौ महिना बितिसक्दा सरकारको बारेमा अनेक प्रकारका प्रश्नहरु उठिरहेका छन् । कसैले सरकारले ठिकै काम गरिरहेका छन् , कसैले सरकारले जन अपेक्षाको काम गर्न सकिरहेको छैन भनेर आलोचनाहरु गरिरहेका छन् ।
यो दुबै खालको कुरा भईरहदा खेरि पाच महिना पुग्दा सरकारले एउटा प्रगति विवरण सार्वजनिक गरेको थियो । तर, नौ महिना पुग्न लागिसक्दा प्रधानमन्त्री केपि शर्मा ओलीको कि सरकार सँग जादुको छडि छैन, एकै रातमा वा एकै क्षणमा छिट्टै परिणाम खोजि हाल्नु त्यति उपयुक्त होइन भनेर भनाई आएको छ ।
सरकारको नौ महिन पुगेको सन्दर्भमा सरकारले कस्तो प्रकारको काम गर्यो भनेर स्वय आफु ठान्दछ ? जनता कति महशुस गरेका छन् भन्ने उनलाई लागेको छ ?सरकारको काम गर्ने तौ-तरिका कस्ता छन् ? के कारणले यो सरकारले काम गर्न सकिरहेको छैन ? सरकारलाई के कुरा हो अप्ठ्यारो छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले सघीय मामला तथा सामन्य प्रशासन मन्त्री लालबाबु पण्डित सँग गरेको कुराकानी हेर्नुहोस् :