काठमाडौं, ५ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमण भएको छ ।
आक्रमणमा परि ५० जनाको मृत्यु हुनुका साथै कम्तिमा ६० जना घाइते भएका छन् । यसलाई पछिल्ला केही महिना यताकै सबैभन्दा घातक हमला मानिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहका अनुसार पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा उक्त आक्रमण भएको हो ।
एक आत्मघाती आक्रमणकारी सो समारोहमा प्रवेश गरेर आफूले बोकेको बम विष्फोट गराएका थिए । आक्रमणकोे जिम्मा अहिलेसम्म कुनै संगठनले लिएको छन ।