प्रदेश नं २ मा पनि पहिलो पार्टी बन्ने एमालेको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रदेश नं २ मा पनि पहिलो पार्टी बन्ने एमालेको दाबी

काठमाडौं, १० भदौ । नेकपा एमालेले स्थानीय तह अन्र्तगत तेश्रो चरणको निर्वाचन हुन लागेको प्रदेश नम्बर दुई मा पनि एमाले पहिलो पार्टीको रुपमा बिजयी हुने दाबी गरेको छ ।

 

एमालेका जनसंगठनहरुको अगुवा कार्यकर्ता भेलाको शनिबार राजधानीमा उद्घाटन गर्दै कार्यवहाक अध्यक्ष बामदेव गौतमले प्रदेश नम्बर दुईमा पनि एमाले पहिलो पार्टी बन्ने सुनिश्चित भएको भन्दै अन्य दललाई जितको भ्रम नपाल्न सुझाव दिए ।

 

मधेस केन्द्रीत दलहरु पछिल्लो समयमा उम्रिएका च्याउ

 

मधेस केन्द्रीत दलहरु पछिल्लो समयमा उम्रिएका च्याउ भएको भन्दै उनले एमाले जन्मे हुर्किएको स्थानमा जीत पनि उसैको हुने गौतमले ठोकुवा गरे ।

 

एमालेको जीत सुनिश्चित देखेर आधार, विचार, सिद्धान्त नमिल्ने नेपाली कांग्रेस र माओवादी केन्द्रले घाँटी जोडेर गठबन्धन गरेको भन्दै उनले दुवै दलले आ आफ्नो बैचारिक सिद्धान्त कायम नरहेको टिप्पणी गरे ।

 

नेपाली कांग्रेस र माओवादी केन्द्रले निर्वाचनको मुल्य र मान्यता विपरित जसरी पनि जित्नुपर्छ भन्ने मान्यता अनुसार अघि बढेको भन्दै उनले तीनलाई भतुवाको संख्या दिए ।

 

उनले स्थानीय तहको अधिकार कटौति गर्ने प्रपञ्च अनुसार ल्याईएको संविधान संशोधन प्रस्तावलाई एमालेले विफल बनाएको भन्दै निर्धक्क साथ जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिए ।

 

प्रदेश नम्बर दुईमा आगामी असोज २ गते स्थानिय तहको निर्वाचन हुँदै छ । निर्वाचनलाई लक्षित गर्दै एमालेले शनिबार जनसंगठनहरुको अगुवा कार्यकर्ता भेला गरेको हो । भेलामा महेन्द्रबहादुर पाण्डे, गोकर्ण विष्ट, विष्णु पौडेल लगायत नेता उपस्थित थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);