सार्वभौमसत्ता प्रधानमन्त्री ओलीको हातमा : युवराज घिमिरे (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

सार्वभौमसत्ता प्रधानमन्त्री ओलीको हातमा : युवराज घिमिरे (भिडियो सहित)

kharo prasna with yubaraj ghimire

काठमाडौं, ४ मंसिर । सरकार गठन भएको ९ महिना पुगेको छ । सरकारले सुरुका दिनमा अलि समयपछि राम्रो काम गर्नेछौ र सरकारका कामको गति र दिशा देखिनेछ भनेर बताएको थियो । करिब पाँच महिना पुगेपछि सरकारले करिब ७५ पृष्ठको आफुले गरेको कामको फेहरिस्टको पुस्तिका नै तयार परेको थियो । तर, अहिले ९ महिना पुगेपछि सरकार हामी काम गर्दै छौ भनिरहेको छ । नेकपा गठन भएपछि उसको पार्टीगत गतिबिधि पनि खासै देखिएको छैन । बिपक्षी दल नेपाली काँग्रेस पनि आफ्नै खालको अलमलमा छ । जसले गर्दा काँग्रेसले प्रतिपक्षको भूमिका राम्रोसंग खेल्न सकेन भनेर टिप्पणी भईरहेको छ । राजपा नेपालले छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ भनेर चेतावनी पनि दिइसकेको छ । यो संदर्भमा हामी कता गईरहेका छौ ? हाम्रो राजनीति कुन दिशा तर्फ हिडिरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वरिष्ठ पत्रकार युवराज घिमिरेसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);