काठमाडौं, ४ मंसिर । मानिस एउटा प्राणी हो । हरेक मानिस वृद्दा अवस्थामा एक न एक दिन पुग्छन् । बुढेसकाल लागेपछि धेरै रोगहरुले सताउने गर्छ । रोगहरुमा विशेष गरी डिमेन्सेया रोग शारीरिक विकास हुदै उमेर ढल्किदै गएपछि वृद्द अवस्थामा देखिने गर्छ ।
आफुले एकछिन अगाडि के काम गरेको थिए, के बोलेको थिए, कता गएर आएको थिए ईत्यादि सब छिट्टै बिर्सने गरेको पाईन्छ । यो एउटा रोग हो । यसलाई डिमेन्सेया अथात अल्जाईमर भनिन्छ । तर हामी यस्तो अवस्थामा बुढेसकाल लागेर यसो भएको हो भनेर वेवास्ता गर्छौ । यो रोगको बेलैमा उपचार भए निको हुन्छ ।
डिमेन्सेया अर्थात अल्जाईमर्स भनेको के हो ? यो कसरी लाग्छ ? यसबाट बच्न के-के गर्नु पर्छ ? यो रोग लागेपछि निको हुन्छ कि हुदैन त? कत्तिको खर्चिलो छ ? यो रोग वृद्द बाहेक अरु कस्ता उमेरका मानिसमा बढि लाग्छ ? के कारणले लाग्छ ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले जेष्ठ अल्जाईमर्स रोग बिशेषज्ञ पाटन अस्पतालका डाक्टर रमेश कँडेल संग गरेकाे भिडियाे हेर्नुहोस्: