ए डिभिजन लिग : एपीएफ क्लवको संघर्षपूर्ण जित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ए डिभिजन लिग : एपीएफ क्लवको संघर्षपूर्ण जित

काठमाडौं, ३ मंसिर । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लवले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा गोलकिपर राजु योगिको लामो पास नियन्त्रण गर्दै प्रविण स्याङ्तानले इन्जुरी समयमा गोल गरेका हुन् । प्रविणको त्यही गोलनै निणार्यक बन्यो ।

एपीएफको लिगमा यो पहिलो जित हो। फ्रेन्ड्स पहिलो खेलमा थ्री स्टारसँग दुई शून्यले पराजित भएको थियो भने एपीएफले हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको थियो । यता फ्रेण्ड्स क्ल्वले भने दुबै खेल गुमाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);