छोरा प्रकाशलाई सम्झँदै भक्कानिए प्रचण्ड र सीता (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

छोरा प्रकाशलाई सम्झँदै भक्कानिए प्रचण्ड र सीता (भिडियोसहित)

प्रकाशको पहिलो स्मृति:

काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी श्रीमती सीता दाहाल छोरा प्रकाशको पहिलो स्मृति सभामा भक्कानिएका छन् ।

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आफ्ना एक्ला छोरा प्रकाशको पहिलो स्मृति सभामा बोलिरहँदा प्रचण्ड गहभरी आँशु झार्दैं भक्कानिएका थिए भने श्रीमती सीता दाहाललाई समाल्न गाह्रो भएको थियो ।

उनले एक वर्ष अघि छोराको निधन हुँदा पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको तर सिंगो राष्ट्र र सबैको सहयोगमा आफूले दुवै सम्हाल्न सफल भएको स्मरण गरे ।

अध्यक्ष प्रचण्ड ‘छोराको असमायिक निधन भएको’ भनिरहँदा भक्कानिएका थिए । उनले प्रधानमन्त्री केपी ओलीले सम्हालिन गरेको आग्रहलाई स्मरण गर्दै शोकलाई शक्तिमा बदलेर राष्ट्रहितको निम्ति निरन्तर लागि पर्ने प्रण गरे ।

त्यस अवसरमा बोल्दै अध्यक्ष दाहालले देश, जनता र पार्टी नेता तथा कार्यकर्ताहरुले साथ नदिएको भए आफ्नो परिवार विघटन हुनसक्थ्यो भनिरहँदा सभा स्तब्ध भएको थियो । उनले परिपक्व हुँदै गएका छोरा प्रकाशको असमायिक निधनले ठूलो क्षति पुगेको बताए ।

हेर्नुस् भावुक भिडियो

कार्यक्रममा प्रचण्डसँगै रहेकी पत्नी सिता सभाभर भावविह्वल अवस्थामा रहिन् । मंचमा रहेकी सितालाई छोरीहरुले सम्हाल्नु परेको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्त रुपमा प्रकाश दाहालको स्मृति ग्रन्थ पनि बिमोचन गरे । कार्यक्रमा अध्यक्ष दाहालले स्मृति सभामा सहभागी भएका सबैप्रति आभार व्यक्त गरेका थिए । एक वर्ष अघि प्रचण्डका एक मात्रै छोरा प्रकाशको हृदयघातका कारण निधन भएको थियो ।

थप तस्बिर हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);