सशस्त्र प्रहरी जवानको हत्या उनकै साथिले गरेको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

कञ्चनपुर, १० भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मृत अवस्थामा फेला परेका सशस्त्रका प्रहरी जवान नरेन्द्र कुँवरको हत्या उनकै सहकर्मीले गरेको प्रहरीले पुष्टि गरेको छ ।

 

कुँवरको हत्या उनकै सहकर्मी भान बहादुर विष्टले गरेको डिएसपी यज्ञबहादुर सेट्टीले जानकारी दिए । विष्ट पनि सशस्त्र प्रहरी भन्सार गुल्म गड्डाचौकीमा कार्यरत प्रहरी जवान हुन् ।

 

विष्टको घरमा खानतलासी गर्दा हत्या गरिएका नरेन्द्र कुँवरले लगाएको सुनको सिक्री फेला परेपछि विष्टले हत्या गरेको स्विकार गरेको डिएसपी सेट्टीले बताए । घटनाको विस्तृत अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

 

बुधबार राति काम सकेर घर फर्किने क्रममा  प्रहरी जवान  कुँवरको हत्या भएको थियो । उनी सशस्त्र प्रहरी भन्सार गुल्म गड्डाचौकीमा कार्यरत थिए ।

 

सो हत्या आरोपमा प्रहरीले दुई युवतीसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । उनको शव बिहीबार बिहान भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

 

उनलाई ढुंगाले हानेर मारिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक प्रहरी जवान कुँवर र भान बहादुर विष्टले होटलमा बसेर सँगै मादक पदार्थ सेवन गरेको खुलेको छ। हत्या गरिएका सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर र हत्या गर्ने भानवहादुर विष्टको घरकञ्चनपुरको एकै ठाउँमा पर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);