इलाम कारागार कैदीहरुलाई भयो सुधार गृह | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

इलाम कारागार कैदीहरुलाई भयो सुधार गृह

jail

काठमाडौं, २ मंसिर । अपराध भुत्तान गर्ने कारागारहरुमा क्षमता भन्दा बढि कैदी राख्ने देखि खानेपानी, सौचालय, स्वास्थ लगायतका आधारभुत कुरामा पनि देशभरका जेलहरुको अवस्था नाजुक रहेको गुनासो आइरहेको अवस्थामा इलाम कारागारका कैदीहरु भने आफु बसिरहेको कारागारलाई सुधार गृहको रुपमा लिने गरेका छन ।

वाह्र बर्ष देखि नेपालका विभिन्न कारागारमा बसेर कैद भुक्तान गरिरहेका इलामका दिपक राई इलामको कारागारमा आइपुग्दा अरु कारागार र इलाम कारागारमा सुविधामा निकै फरक भएको अनुभव छ ।

विराटनगरवाट कैदी जीवन शुरु गरेका दिपकले झापा, सुनसरी, सप्तरीका जेलहरुमा यस अघि कैद भुत्तान गरेको सुनाउनु भयो । दुई बर्ष अघि इलाम कारागारमा आएका उनलेले सप्तरीबाट आउदा इलामा कारगार, कारागार नभई होस्टेल जस्तो लागेको बताए ।

विरामी पर्दा सिटामोल समेत नपाउने जेलहरुमा दुख भोगेर आएका दिपकले इलामा कारागारमा स्वास्थ्यकर्मीहरुको पनि व्यवहार पाएको बताएका छन् । कारागार भित्र फुटसल खेल्नेका लागि खेल मैदाको व्यवस्था छ । कारागार अघि तिरको पोखरीमा माछा सल्वलाएको हेर्दै दिन काट्ने धेरै भेटिन्छन् ।

जेलर भक्तबहादुर खड्काका अनुसार करिब नौ सय पुस्तक रहेको पुस्तकालय, जिमखाना, भलिवल, फुटसल, चेस, क्यारेम बोर्ड, व्याडमिन्ट, स्किपीङ लगायतका खेलहरुका लागि सामाग्री र मैदानको व्यवस्था जेल भित्रै रहेकाले पनि अपराधको पश्चाताप बाहेक कैदीहरुले अरु असुविधा भोेग्नु पर्दैन ।

नेपालकै पहिलो नमुना कारागारको रुपमा भौतीक संरचना निर्माण गरिएको कारगारको क्षमता १२५ जना अटाउने हो माओवादी द्धन्दको चपेटामा परेपछि पुननिर्माण गरिएको नयाँ जेललाई सुधार गृहको रुपमा परिकल्पना गरेर निर्माण गरिएको भएपनि व्यवस्थापकीय पक्षमा भने धेरै कुरा सुधार गर्न आवश्यक रहेको जेलर खड्काको धारणा छ उनका अनुसार आर्थिक अभावका कारण कैदीहरुको जीवनमा आमुल परिवर्तन ल्याउन सञ्चालन गर्नुपर्ने उत्प्रेरणात्मक कार्यक्रमहरु अहिले पनि गर्न सकिएको छैन ।

केहिलेकाहि योगा र प्रवचनहरु भएपनि जीवन उपयोगि धेरैकाम गर्न नसकिएको उनले सुनाएका छन् । अरु जेलहरुमा चौकीदार, नाइके र सहायक नाइके छनौट प्रभावशालीहरुको दवावमा गर्ने भएपनि इलाम कारागारमा कैदीहरुले नै प्रजातान्त्रीक प्रकृयबाट आफ्ना अगुवाहरु छनौट गर्ने गरेको जेलर खडकाले जानकारी दिए ।

कारागारमा ७० बर्ष माथिका वृद्धाहरुलाई बेग्लै राखिएको छ । नुहाउने र सौचालयको सहज पहँुच भएको कोठामा राखिएका वृद्धाहरुका लागि चौकिदारको व्यवस्था गरिएको छ । यसका साथै कैदीहरुको अवस्था नियाल्न नाइटभिजन सिसिक्यामेरा समेत जडान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);