क्यालिफोर्नियामा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेन, ७१ भन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

क्यालिफोर्नियामा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेन, ७१ भन्दा बढीको मृत्यु

aagolagi

काठमाडौं, २ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागी अझैसम्म नियन्त्रणमा आउन सकेको छैन ।

‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको मृत्यु भइसकेको छ । डढेलोमा परेर एक हजारभन्दा बढी मानिस हराइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार डढेलो फैलिएको क्षेत्रको अवलोकन गरेका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भएको अमेरिकी इतिहासकै सबैभन्दा भीषण मानिएको डढेलोले निम्त्याएको विनाशको अवलोकन गरेका छन् ।

डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको मृत्यु भइसकेको छ । अमेरिकी अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । डढेलोका कारण प्याराडाइज नगर लगभग ध्वस्त भएको छ । यो नगर पूर्णरुपमा पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरुले बताएका छन् ।

डढेलो प्रभावित क्षेत्रको अवलोकनपछि राष्ट्रपति ट्रम्पले प्याराडाइज नगरमा सम्बोधन गर्दै डढेलोको गरेको विनासको दृश्य देख्दा आफूलाई दुःख लागेको बताएका छन । राष्ट्रपति ट्रम्पले डढेलो नियन्त्रणमा खटिएका र हराएकाहरुको खोजीमा सक्रिय रहेकाहरुको कामको प्रशंसासमेत गरे ।

उनले जंगलको कमजोर व्यवस्थापनका कारण विपद् निम्तिएको दाबी पनि गरेका छन । जंगलको व्यवस्थापनमा सुधार गर्न वातावरण संरक्षणवादी समूहहरूसँग मिलेर काम गर्नुपर्ने उनले बताए । ‘क्याम्प फायर’ करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ ।

यद्यपि यसलाई पूर्णरूपमा नियन्त्रणमा लिन अझै केही समय लाग्ने बताइएको छ । उद्धारकर्ताले पछिल्लो समयमा थप आठ जनालाई मात्रै उद्धार गर्न सफल भएको जानकारी दिएका छन् । खोजी अझै जारी रहेकाले मृतकको सख्या बढ्नसक्ने अनुमान गरिएको अधिकारीले बताएका छन् ।

यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुतगतिमा फैलिएको थियो । डढेलोबाट जङ्गल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);