पत्रकार जमालको हत्या आरोपमा ११ जनालाई मुद्दा, पाँचजना विरुद्ध मृत्युदण्डको सजाय माग | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

पत्रकार जमालको हत्या आरोपमा ११ जनालाई मुद्दा, पाँचजना विरुद्ध मृत्युदण्डको सजाय माग

Khashoggi murder

काठमाडौं, ३० कात्तिक । साउदी अरेबियाको सरकारी अभियोजनकर्ताका अनुसार, पत्रकार जमाल खशोग्जीको हत्या गर्ने निर्देशन, साउदी युवराज मोहम्मद बिन सलमानले नभई एकजना वरिष्ठ गुप्तचर अधिकारीले दिएको बताइएको छ ।

पत्रकार खशोग्जीलाई साउदी अरब फर्काउने जिम्मा पाएको टोलीको नेतृत्व गरिरहेका ती गुप्तचर अधिकारीको निर्देशनमा हत्या भएको एक प्रवक्ताले सञ्चारकर्मीहरुलाई बताएका हुन् । पत्रकार जमाल खशोग्जीलाई इस्तानुबलस्थित साउदी वाणिज्यदूतावासमा हात हालाहालको घटनापछि प्राणघातक सूई दिइएको पनि बताइएको छ ।

साउदी सरकारी अभियोजनकर्ताका अनुसार उक्त हत्याका सम्बन्धमा ११ जनाविरुद्ध अभियोग लगाइएको छ । जसमध्ये पाँचजना विरुद्ध मृत्युदण्डको सजाय माग गरिएको छ ।

घटनामा संलग्न भएको आशंकामा अन्य १० जनाविरुद्ध छानविन जारी रहेको साउदी अधिकारीहरुले जनाएका छन् । यो घटनामा अहिलेसम्म २१ जनालाई हिरासतमा लिइएको छ भने दुई जनालाई पदबाट हटाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);