सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का

sandeep lamichane

काठमाडौं, ३० कात्तिक । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्।

यो समाचार आजको अन्नपूर्ण पोष्ट्मा छ । उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो।

आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ।

त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन्।

दिल्लीले रिटेनसम्बन्धी जानकारी सन्दीपलाई बिहीबार बिहानै गराएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);