निर्वाचन ऐन संशोधन गर्न सरकारसंग आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

निर्वाचन ऐन संशोधन गर्न सरकारसंग आग्रह

nirwachan ayog

काठमाडौं, २७ कात्तिक । निर्वाचन आयोगले निर्वाचन ऐन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगका प्रवक्ता दिपक सुवेदीले रिक्त रहेका स्थानीय तह तथा प्रदेशसभाका विभिन्न पदहरुको निर्वाचन गराउन तत्काल निर्वाचन ऐन संशोधन गर्न सरकारसँग आग्रह गरेका हुन् ।

देशका २८ वटा स्थानीय तह तथा प्रदेश सभाका विभिन्न पदहरु रिक्त रहेका छन । सोही पदमा निर्वाचन गराउन आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु परेको प्रवक्ता सुवेदीले बताए । सरकारले ऐन बनाएर निर्वाचनको मिति तोक्ने वित्तिकै निर्वाचन सम्पन्न गराउने तयारीमा निर्वाचन आयोग रहेको छ ।

निर्वाचन आयोगले निर्वाचन गराउने आफ्नो संवैधानिक दायित्व अन्तरगत मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने कामलाई निरन्तरता दिँदै आएको छ । संवैधानिक दायित्व अनुसार सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत् मतदाता नामावली संकलन, अध्यावधिक लगायतका काम भईरहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

निर्वाचन ऐन अनुसार सरकारले मिति तोकेपछि मात्रै आयोगले निर्वाचनको तयारीको कामलाई अगाडि बढाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले निर्वाचनलाई सहज बनाउन मिति तोक्ने अधिकार आयोगलाई नै दिन सरकारसँग पटक–पटक आग्रह गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);