टोकियो ओलम्पिक: आज नेपाल र बंगलादेश वीच खेल हुदै, नेपाललाई जित्नै पर्ने दवाब | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

टोकियो ओलम्पिक: आज नेपाल र बंगलादेश वीच खेल हुदै, नेपाललाई जित्नै पर्ने दवाब

काठमाडौं, २७ कात्तिक । सन् २०२० मा हुने टोकियो ओलम्पिक अन्तर्गत एशिया क्षेत्रको महिला छनोट समुहको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्नेछ ।

नेपालले दोस्रो चरणमा स्थान बनाउन बंगलादेशलाई भारी अन्तरले हराउनु पर्नेछ । म्यानमारको याङगोन स्थित थुवान्ना स्टेडियममा हुने खेल नेपाली समय अनुसार सवा दुई बजेबाट सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल अपराजित टिम भएपनि स्पष्ट जीत भने निकाल्न सकेको छैन । यता बंगलादेशले खेलेका दुबै खेलमा भारी अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरीसकेको छ ।

आजको खेलमा नेपालले बंगलादेशलाई धेरै गोल अन्तरले हराएमा र भारत र म्यानमार विचका खेलमा एक टिमले भारी अन्तरले विजयी भएमा नेपालले दोस्रो चरणमा स्थान बनाउनेछ । नेपाल र बंगलादेश महिला फुटबलमा चिरप्रतिद्धन्द्धी टिम हुन ।

महिला साफ फुटबलको पहिलो संस्करण देखि एक अर्का विरुद्ध भिडेका यी दुई टिमले अहिलेसम्म दुई पटक खेलका छन र दुबै पटक नेपाल विजयी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);