इजरायलले गाजापट्टीमा गरेको कारबाहीमा ६ जना प्यालेस्टाइन मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

इजरायलले गाजापट्टीमा गरेको कारबाहीमा ६ जना प्यालेस्टाइन मारिए

एजेन्सी, २६ कात्तिक । इजरायलले गाजापट्टीको खान युनिस क्षेत्रमा गरेको कारबाहीमा हमासका एक जना स्थानीय कमाण्डरसहित ६ जना प्यालिस्टिनी मारिएका छन् ।

कारवाहीका क्रममा आफ्नातर्फ एक जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको इजरायली सेनाले जनाएको छ । घटनालगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फ्रान्स भ्रमण छोट्याएर स्वदेश फर्कने निर्णय गरेको बताइएको छ ।

एउटा कारबाट इजरायली विशेष सेनाले आक्रमण गरेपछि भिडन्त शुरू भएको थियो । ट्यांकहरूले घेरा हालेर इजरायलले हवाई आक्रमण गरेको हमासले जनाएको छ ।

हमासका प्रवक्ताले घटनालाई कायरतापूर्ण इजरायली आक्रमण भनेका छन् । पछिल्ला महिनाहरूमा इजरायल र हमासबीच फेरि तनाव चर्किँदै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);