भारतको छत्तिसगढमा विधानसभा प्रथम चरणको निर्वाचन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतको छत्तिसगढमा विधानसभा प्रथम चरणको निर्वाचन सम्पन्न

एजेन्सी, २६ कात्तिक । भारतको छत्तिसगड विधानसभा क्षेत्रमा पहिलो चरणमा सोमबार १८ विधानक्षेत्रमा मतदान भएको छ । केहि छिट्फुट घटना बाहेक मतदान शान्तीपुर्वक सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

३१ लाख ८० हजार मतदाताका लागी ४ हजार ३ सय ३६ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । शान्तीपुर्ण एवम निष्पक्ष निर्वाचनका लागी सुरक्षाको व्यापक प्रबर्द्धन मिलाइएको निर्वाचन आयोगका अधिकारिले बताएका छन् ।

चुनावका लागी १ लाख २५ हजार सुरक्षाकर्मीहरु परिचालन गरिएका थिए । २० नोभेम्बरका दिन दोस्रो चरणको निर्वाचन गर्ने आयोगको तयारी छ । पहिलो चरणको निर्वाचनलाई लक्षित गरि तातेबाडा जिल्लामा नक्सलवादीहरुले बारुदी सुरुङ विस्फोट गराएर सुरक्षाकर्मीलाई नोक्सान पु-याएका थिए ।

त्यसैगरी जिल्लाका केही ठाउँमा विस्फोट गराएर मतदाताहरुलाई नक्सलबादीहरुले डर भय र त्रास देखाउन खोजेको निर्वाचन अधिकारीहरुको भनाइ छ । नक्सलबादीहरुको चुनाव बहिस्कार र धम्कीकाबीच उत्साह जनक रुपमा मतदाताहरुले मतदान गरे । कडा सुरक्षा व्यवस्थाले गर्दा मतदाताहरुले सहज ढङगले मतदान गरेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);