आईसीसी महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायाे | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

आईसीसी महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायाे

काठमाडौं, २६ कात्तिक । आईसीसी महिला टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको छ । पहिलो खेलमा न्यूजिल्याण्डलाई हराएको भारतले दोस्रो खेलमा पाकिस्तानमाथि ७ विकेटको जित निकाल्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । पाकिस्तानका लागि विस्माह मारुफले ५३ र निदा दारले ५२ रनको अर्धशतकीय पारी खेले । बलिङतर्फ भारतका दयालान हेमलता र पुनम यादवले २–२ विकेट लिए ।

१३४ रनको लक्ष्य भारतले ६ बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गर्यो । भारतका लागि मिथाली राजले ५६ रनको अर्धशतकीय योगदान गरिन् भने स्मृति मन्धनाले २६, जेमिमा रोद्रिगेजले १६ बनाए त्यस्तै हर्मनप्रित कौर १४ रनमा अभिजित रहिन् ।