काठमाडौं, २६ कात्तिक । साइबर अपराधबाट पीडित हुनेको संख्या २४ प्रतिशतका दरले बढ्दै गएको पाइएको छ । पीडित हुनेमा अधिकांश महिला छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार गएको ४ वर्षमा साइबर अपराधबाट ३ हजार ७ सय ८७ सर्वसाधारण पीडित भएका छन् ।
जसमध्ये ९९ प्रतिशत पीडित १५ देखि २५ वर्ष उमेर समूहका किशोरी तथा महिला छन् । बाँकी एक प्रतिशत पीडित सेलिबे्रटी, उच्च तहका अधिकारी र व्यापारी रहेको प्रहरीले जनाएको छ । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ ।