शिक्षण अस्पतालमा बेथिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शिक्षण अस्पतालमा बेथिति

teaching hospital

काठमाडौं, २५ कात्तिक । बाथरूम जाँदा लडेर नाक र मुखमा गम्भीर घाउ लागेपछि गोरखा बजारबाट उपचारका लागि शिक्षण अस्पताल आएका ८९ वर्षीय लालबहादुर तामाङले डाक्टर भेट्न पाँच घण्टा कुर्नुपर्‍यो। लामो समय कुरेपछि उनले उपचारको पालो त पाए। तर हुलमुलमा डाक्टरले इमर्जेन्सीको रिपोर्ट हराइदिए। ‘ज्येष्ठ नागरिकका लागि टिकटमा सहुलियत पनि पाइएन,’ तामाङले भने, ‘कतिपल्ट भनियो, कसैले वास्तै गरेन।’

ओपीडीमा हुलमुल हुँदा डाक्टरले कसलाई रिपोर्ट दिइ पठाए थाहै नभएको साथमा आएकी बुहारी ममता तामाङले बताइन्। ‘रिपोर्ट खोजिदिन आग्रह गर्दा डाक्टरले वास्तै गरेनन्,’ उनले भनिन्, ‘अस्पतालभित्रै यस्तो लापरबाही हुँदो रहेछ।’ बिहान १० बजे त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पुग्दा गुल्मीकी हुमा थापा अस्पतालको टिकट काउन्टर दायाँतर्फको तिर्तेरे धारामा पिउने पानी थाप्दै थिइन्। निकै सानो आएकाले उनलाई एक बोतल पानी भर्न झन्डै १५ मिनेट लाग्यो। बिरामीका लागि पानीको धारा बाहिर राखिए पनि नियमित नआउने उनले बताइन्।

छोराको ढाडसम्बन्धी उपचारका लागि थापा ६ महिनादेखि शिक्षण अस्पतालमा छन्। ‘अस्पतालमा पानीसमेत किनेर चलाउनुपर्छ’, उनले भनिन्। किन्न नसक्नेहरू भने नजिकैको कान्ति बाल अस्पताल जाँदा रहेछन्। शिक्षण अस्पताल देशको मुख्य सरकारी अस्पताल हो। तर यहाँ बिरामीले अनेक सास्ती पाइरहेका छन्। उल्लिखित घटना यसैका उदाहरण हुन्। अस्पातलमा बिरामीको चाप बढ्दो छ।

जापान सरकारको सहयोगमा ३५ वर्षअघि स्थापना भएको अस्पतालमा बिरामीको चापअनुरूप पूर्वाधार विकासमा ध्यान नदिँदा समस्या भएको हो। छरितो र भरपर्दाे सेवाका लागि शिक्षण अस्पताल पुग्ने बिरामी निराश हुँदै फर्किने गरेका छन्। दैनिक १ हजार ५ सयसम्म बिरामी उपचारका लागि आउँछन्। गत वर्ष मात्रै चार लाख बिरामीको उपचार गरिएको अस्पताल प्रशासनको तथ्यांक छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);