काठमाडौं, २४ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकार केन्द्रित भएको बताएका छन् ।
मन्त्री पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकारले कर्मचारी समायोजना ऐन, प्रहरी ऐन र निजामती कर्मचारी सेवा ऐन निर्माणको कामलाई पनि अन्तिम चरणमा पु¥याएको स्पष्ट पारे ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले केन्द्र, प्रदेश र स्थानीय तह समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने उल्लेख गर्दै त्यसलाई सहज रुपमा अघि बढाउन सरकार क्रियाशील रहेको बताए । जनताको चाहाना अनुसार मुलुकमा विकास, निर्माणको कामलाई तीव्रता दिइने मन्त्री मण्डितले जानकारी दिए ।
मन्त्री पण्डितले विकास, निर्माणको कामलाई तीब्रताका साथ अघि बढाउने आश्वासन दिए । वर्षाका कारण यस अघि विकास निर्माणको कामले गति लिन नसकेको मन्त्री पण्डितको तर्क थियो ।




