काँग्रेस–कम्युनिष्टबीच कार्यगत एकता गर्न नेता सिंहको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८१, बुधवार

काँग्रेस–कम्युनिष्टबीच कार्यगत एकता गर्न नेता सिंहको प्रस्ताव

prakashman singh

काठमाडौं,२४ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न काँग्रेस–कम्युनिष्टबीच कार्यगत गरेर अघि बढनुपर्ने प्रस्ताव अघि सारेका छन् । नेता सिंहले मुलुकमा आर्थिक विकास गर्न पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

शनिबार गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणेशमान सिंहले कम्युनिष्टहरुसँग कार्यगत एकता गरेर २०४६ सालको जनआन्दोलन सफल भएको उल्लेख गर्दै सोही बाटोबाट अघि बढन सकेमात्रै मुलुकमा आर्थिक क्रान्ति गर्न सकिने पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै काँग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उनले जनताको पक्षमा काम गराउने गरी जनमत सृजना गर्न नसकेको भन्दै पार्टी नेतृत्वको पनि आलोचना गरे ।

नेता सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलनमा सर्वोच्च नेता गणेशमान सिंहले पु¥याउनु भएको योगदानको पनि चर्चा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);