एमालेबाट निर्वाचित वडाध्यक्षको मृत्यु, सिआइबीले थाल्यो अनुसन्धान | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

काभ्रे, १० भदौ । काभ्रेको धुलिखेल नगरपालिका वडा नंम्बर २ का अध्यक्ष राजन कोइरालाको मृत्यु भएको छ। आइतबार साँझ लडिरहेको अवस्थामा भट्टिएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो। उनी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

 

सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गरेर घर फर्कंदै गर्दा छापको खोल्सा नजिक बेलुका ८ बजे लडिरहेको अवस्थामा कोईराला भेटिएका थिए। तत्कालै धुलिखेल अस्पताल लगिएका उनलाई नर्भिक अस्पतालमा रिफर गरेपछि सोमबार बिहान ३ बजे मात्रै टाउकोको अप्रेसन भएको थियो।

 

अस्पताल पुर्‍याएको ६ दिनपछि उपचारको क्रममा उनको मृत्यु भएको हो। घटना शंकास्पद भएकोले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);