काठमाडौं, २१ कात्तिक । नेपाली काँग्रेसका नेता वालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्री गम्भिर नदेखिएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता खाँले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले संविधान विरोधी क्रियाकलाप गरिरहेको भन्दै छठपर्वपछि रचनात्मक र सङ्घर्षशील कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
प्रतिनिधिसभामा नेपाली काँग्रेसका प्रमुख सचेतक समेत रहेका खाडँले मुुलुकमा हिंसा, महँगी, असुरक्षाका कारण जनता कष्टकर अवस्थामा रहेको भएपनि सरकारको त्यसतर्फ ध्यान जान नसकेको बताए ।