सावधान ! महसंग यी चिजहरु मिसाएर खाँदा ज्यानै समेत जानसक्छ | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

काठमाडौँ, १० भदौ । महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ। महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ। मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन। मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ। यस्तै अन्य केही तरिका जुन मह खाँदा विचार गर्नुपर्छ ती यस्ता छन्।

 

१) मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान जान सक्छ।
३) मूला, कटहर महसित खानू हानिकारक हुन्छ।
४) माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ।
५) चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू।
६) मह तताएर कहिल्यै नखानू।
७) कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ।
८) शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ।
९) शुद्द मह कुकुरले खाँदैन।

 

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र९पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नुभन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।