सुविधा दुई चालकको काम एकै जनाबाट | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

सुविधा दुई चालकको काम एकै जनाबाट

sanghiya samsadh

काठमाडौं, १९ कात्तिक । संघीय संसद्का पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन्। धेरैले सुविधा अनुसारका दुईजना चालक राखेका छैनन् तर पारिश्रमिक भने लिएका छन्।

प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समिति सभापति समेतले दुई जना चालकको सुविधा पाउँछन्। संघीय संसद् सचिवालयले पदाधिकारीलाई दुई जना सवारी चालकको सुविधा दिने गरेको छ। चालकको मासिक पारिश्रमिक भुक्तानी पनि सम्बन्धित पदाधिकारीकै बैंक खातामार्फत् गरिन्छ ।
हलुका सवारी चालकका रूपमा प्रतिसवारी चालक १८ हजार तीन सय रुपियाँका दरले दुईजना चालकका लागि मासिक ३६ हजार ६०० रुपियाँ पदाधिकारीकै खातामा जम्मा गरिदिन्छ। तर, दुई सवारी चालकको सुविधा बुझे पनि अधिकांश पदाधिकारीका चालक एकजना मात्र रहेको छ ।

सचिवालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका प्रमुख सचेतक देब गुरुङका दुई चालकले नै गेटपासका लागि नाम दर्ता गराएका छन्। गुरुङको सवारी चालकका रूपमा सचिवालयमा महेश गुरुङ र युगेन लामाको नाम दर्ता छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठका पनि दुई चालक छन्। रेकर्ड अनुसार श्रेष्ठका चालकमा सरोज तामाङ र पासाङ लामा रहेका छन्।, यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

ताजा समाचार