धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले

dhan

धनगढी, १८ कात्तिक । विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गथ्र्यो। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आलोचना हुँदै आएको थियो। यस वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले साउन तेस्रो साता नै धानको समर्थन मूल्य तोक्यो।

माफियाको चलखेल र व्यवसायीको सिन्डिकेटका कारण सरकारले तोकेको समर्थन मूल्य किसानले पाउन सकेका छैनन्। किसानले सरकारले तोकेभन्दा प्रतिकेजी ५ रुपैयाँसम्म सस्तोमा धान बेचिरहेका छन्। ‘व्यापारीले तोकेको मूल्यमा धान बेचिरहेका छौं’, घोडाघोडी नगरपालिका– १० पहलवानपुरका किसान चन्द्र चौधरी भन्छन्, ‘अहिले बेचिरहेको मूल्यले लागत खर्च पनि उठ्दैन।’ प्रतिकेजी धान १९ रुपैयाँमा बेचिरहेको उनी बताउँछन्।
सरकारले मोटो चामल धानको प्रति केजी २३ रुपैयाँ ३१ पैसा र मसिनो चामल धानको मूल्य प्रतिकेजी २४ रुपैयाँ ६० पैसा समर्थन मूल्य तोकेको छ। तर दुवै धान किसानले १७ देखि १९ सम्म रुपैयाँमा बिक्री गरेका छन्।,यो खबर आजको नागरिक दैनिकमा छ ।

ताजा समाचार