तिहार नजिकिंदै गर्दा माटोको पाला बनाउन भ्याइनभ्याइ | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

तिहार नजिकिंदै गर्दा माटोको पाला बनाउन भ्याइनभ्याइ

कविता कार्की
काठमाडौं, १७ कात्तिक । उज्यालोको पर्व तिहारमा घर झिलिमिली पार्न बिजुलीका अनेक प्रकारका बत्तीहरू बजारमा प्रयाप्त मात्रमा भएता पनि माटाका पाला तथा दियोको महत्व भने अझै घटेको छैन ।

भक्तपुरका प्रजापती समुदाय यतिबेला तिहारको लक्ष्मी पूजाको दिन बाल्ने पाला तथा दियो बनाउन व्यस्त देखिन्छन । तर पाला बनाउन प्रयोग हुने माटोको अभावका कारण माग अनुसार आपुर्ती गर्न काठनाई भएको उनीहरुको गुनासो छ ।

विभिन्न शुभकार्यमा समेत प्रयोग हुने माटोको पालाको माग तिहारको समयमा धेरै हुने गरेको छ । माटोको अभाव भए पनि भक्तपुरका प्रजापति समुदायले तिहारका लागि बत्ती बाल्ने पाला बनाउन छाडेका छैनन् ।

उनीहरुले सानो पालाको २ रुपैयाँ र ठूलोको ५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । दिपावली गर्दा मैनबत्ती र विद्युतीय पाला बाल्ने प्रचलन बढ्दै गए पनि माटोको पालाको पनि महत्व भने घटेको छैन ।

पछिल्ला वर्षहरुमा माटोको पालामा मैन भरेर बाल्ने चलन बढेको छ । तिहारमा पाला, भिउँट, ठेकी, धुपौरोलगायतका माटोका सामग्रीको माग उच्च हुने गरेको छ । भक्तपुरको बोलाछें, च्यामासिंह, तालाको पोर्टरी स्क्वायर र मध्यपुरथिमी नगरको नगदेश, बोडे, चपाचोलगायतका स्थानका प्रजापति समुदायले माटोका सामग्री बनाउँदै आएका छन् ।

भक्तपुर दरवार स्क्वायरका विनोदकुमार प्रजापती विहान उठेदेखि साँझसम्म माटोको दियो बनाउन व्यस्त भएको बताउँछन । दशैँ सकिए लगत्तै तिहारको लागि दियो बनाउनमै आफु व्यस्त भएको तर पाला बनाउन प्रयोग हुने माटो ल्याउने सबै ठाउँमा जग्गा पलानिङ भएका कारण माग अनुसार आपुर्ती गर्न कठिनाइ भएको उनले बताए ।

उनले पाला बनाउनका लागि प्रयोग हुने माटोको व्यवस्थापन गरिदिन सरकार समक्ष आग्रह समेत गरेका छन् । विनोद मात्रै होइन यो व्यवसाय गर्ने भक्तपुरका धेरै व्यवसायीहरु यतिबेला तिहारको लागि निकै व्यस्त भएका छन् ।

विगत १५ वर्षदेखि माटोको भाँडा बनाउने पेशामा लागेका राजेन्द्र प्रजापति तिहारका लागि २५ देखि ७० हजार रुपियाँसम्मको दियो विक्री हुने बताउँछन् । छोराछोरी सवैजना दशै अघिदेखि नै दियो बनाउने काममा व्यस्त हुँदा माग अनुसार निर्माण गर्न नसकिने उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);