यस वर्षको तिहारमा चाहिने फूल स्वदेशी उत्पादनबाटै पुग्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

यस वर्षको तिहारमा चाहिने फूल स्वदेशी उत्पादनबाटै पुग्ने

ful-tihar

काठमाडौं, १७ कात्तिक । फ्लोरिकल्चर एशोसियसनले यस बर्षको तिहारका लागि चाहिने आवश्यक फुल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ । तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फुलको व्यवसायीक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो बर्ष जस्तो यस बर्ष फुल आयात गर्नु नपर्ने दाबी गरेको हो ।

आर्थिक बर्ष २०७४-७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने २ करोड बढीको निर्यात भएको छ । समग्रमा पुष्प व्यवसायकको बार्षिक वृद्धिदर १० देखि १५% को हाराहारीमा रहेको एशोसियसनले जनाएको छ । पछिल्लो समय ६ सय ९७ पुष्प व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन्् भने ४३ जिल्लामा व्यवसायीक पुष्प खेती बिस्तार भईसकेको छ ।

एसोसियसनले आर्थिक बर्ष २०७४-७५ मा १ अर्व ८६ करोड बढीको कारोबार भएको जनाएको छ । मुलुकभर गरी १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । पुष्प व्यवसायमा ४३ हजार ५ सय बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको एसोसियसनले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);