आफ्ना सम्पूर्ण गतिविधि कानुनसम्मत रहेको स्वरोजगार कोषको दावी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आफ्ना सम्पूर्ण गतिविधि कानुनसम्मत रहेको स्वरोजगार कोषको दावी

काठमाडौं, १६ कात्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आफ्नो सम्पूर्ण गतिविधि कानुनसम्मत रहेको दावी गरेको छ । कोषले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सतर्कता केन्द्रले निकालेको प्रतिवेदन सत्य नरहेको उल्लेख गर्र्दै कर्जा प्रवाह लगायतका आफ्नो सम्पूर्ण काम कार्वाही कानुनसम्मत रहेको जनाएको हो ।

साना व्यवसायीहरुलाई कर्जा बढि प्रवाह गरेको भन्ने केन्द्रको प्रतिवेदन सत्य नरहेको कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमले जानकारी दिए । उनले कोषले तोकिएको भन्दाबढि ब्याज नलिएको पनि स्पष्ट पारेका छन् ।

कोषले धादिङ र पोखरामा साना व्यवसायीहरुलाई सहकारी आफैले ऋण दिएको पनि स्पष्ट पारेको छ । कार्यकारी निर्देशक गौतमले कर्जा दुरुपयोग गर्ने माथि कार्वाही गर्ने काम पनि भईरहेको बताए ।

कोषले हाल ४ अरव २२ करोड ७ लाख रुपैयाँ लगानीमा रहेको पनि जनाएको छ । त्यस मध्ये भाका नाघेको कर्जा असुलउपर नगर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिइएको छ ।

कोषकी सूचना अधिकारी सम्झना वाग्लेले भाका नाघेको कर्जा तोकिएकै समयमा असुल नगर्नेलाई कालो सूचिमा राख्ने, सरकारी सेवा, सुविधाबाट बञ्चित गर्ने, पासपोर्ट रोक्का गर्ने लगाएतका चेतावनी दिएकी छन् ।

कोषमा हाल २७ करोड ५ लाख ६४ हजार रुपैयाँ भाका नाघेको रकम असुल उपर गर्न बाँकी छ । सूचना अधिकारी वाग्लेले ती रकम असुल गर्ने कामलाई पनि तीव्रता दिइएको जानकारी दिए ।

कोषले कार्यकारी निर्देशक गौतमले लिएको सेवा, सुविधा पनि कानुन सम्मत रहेको स्पष्ट पारेको छ । राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारी भर्ना प्रक्रियादेखि कोषले कर्जा प्रवाहमा समेत अनियमितता गरेको दावी सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);