तेज बोहरा
कैलाली, १५ कात्तिक । कैलाली लगाएत सुदुर पश्चिम प्रदेशका जिल्ला जनस्वास्थ्य कार्यालयहरु बिगत लामो समय देखी कार्यक्रम बिहिन बनेका छन् । सरकारले नयाँ संरचना अनुसार तत्काल जिल्लामा रहेका जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयहरु खारेज नगर्ने भनि निर्णय गरेको भए पनि जनस्वास्थ्य कार्यालयहरुमा कुनै तह बाट बजेट नआउदा कार्यक्रम बिहिन बनेका हुन ।
नेपाल सरकारको मन्त्री परीषद्ले गत आर्थिक बर्षको अन्तीम दिन असार ३२ गतेको निणर्यले असोज मसान्त सम्मको लागी जनस्वास्थ्य कार्यालयहरु यथावत राख्ने निर्णय गरेको थियो । सामान्य प्रशासन मन्त्रालयले सुुदुर पश्चिम प्रदेशमा स्वास्थ्य सम्बन्धी चार वटा डिभिजन कार्यालय राखेर काम गर्ने निर्देशन दिएको थियो । कात्र्तिक ४ गते बसेको मन्त्री परिषदको निर्णयले ७७ ओटै जिल्लामा पुनः जनस्वास्थ्य कार्यालय राख्न निर्णय गरेको छ ।
सोही अवधीबाट जिल्ला जनस्वास्थ्य कार्यालयमा कुनै प्रकारका कार्यक्रम तथा बजेट नआएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख टंक प्रसाद चापागाईले बताए । उनले आफुलाई यथावत बस्नु भन्ने निर्देशन आएको भएता पनि कुनै कार्यक्रम नआए पछि काम बिहिन भएर बस्नु परेको बताए ।
यता सुदुर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोडारीले भने संघिय स्वास्थ्य मन्त्रालयले समय समयमा निर्णय परिवर्तन गरीरहेको कारण संरचना कस्तो हुने र कार्यालयहरु कसको मातहतमा रहने भन्ने बिषयमा अन्योलता हुदा यस्तो समस्या भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयहरु कुन सकारको मातहतमा रहने भन्ने कुरामा आफुहरुनै अन्यौलमा रहेको उनले बताए । प्रसासनिक संक्रमण को कारण यस्तो अवस्था आएको मन्त्री सोराडीले बताए ।
मानव स्वास्थ्य सम्बन्धी काम गर्नै उच्च तहका कार्यालयहरुमा नै अन्योल भई कार्यक्रम बिहिन हुदा जनस्वास्थ्य क्षेत्रमा ठुलो प्रभाव परिरहेको छ ।