काठमाडौं, १५ कात्तिक । महानगरीय प्रहरी परिसर काठमाण्डौंले उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालाई पक्राउ गरेको छ ।
बुधबार महानगरीय प्रहरी परिसर काठमाण्डौंले त्रिपुरेश्वरबाट सर्लाहीको अन्नपूर्ण सगर मिल्सका संचालकले उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा राकेश अग्रवालाई पक्राउ गरेको हो । अग्रवालले उखु किसानको ४६ करोड रकम नदिएका कारण सरकारको निर्देशन अनुसार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता होविन्द्र बोगटीको भनाइ छ ।
अन्नपूर्ण सुगर मिलका संचालक राजेश अग्रवाललाई कुन मुद्धा चलाउने भन्ने बारे छलफल भइ रहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।