अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई विदाई गर्दै सरकार | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई विदाई गर्दै सरकार

काठमाडौं, १४ कात्तिक । सरकारले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई विदाई गर्ने भएको छ ।

राज्यको पुर्नसंरचनापछि समायोजन वा खारेज भएका मन्त्रालय तथा सरकारी कार्यालयमा कार्यरत् अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई विदाई गर्ने तयारी गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई काम दिन नसकिने स्पष्ट पारेको छ ।

अस्थायी कर्मचारी भने आन्दोलनबाटै आफ्नो माग पूरा गर्ने पक्षमा देखिएका छन् । उनीहरुले आफ्नो माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिदै आएका छन् ।

करार कर्मचारी व्यवस्थापन कार्यदलले दिएको सुझाव अनुसार सरकारले २ भदौमा समायोजनमा नपरेका अस्थायी वा करार कर्मचारीलाई तीन महिना बराबरको पारिश्रमिक दिएर बिदाई गर्नुपर्नेछ ।