काठमाडौं, १२ कात्तिक । विगत चार दिनदेखि नेपालमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) विश्वकप क्रिकेटको ट्रफी सोमबार बसन्तपुरमा प्रदर्शन गरिएको छ ।
सर्वसाधरणले पनि हेर्न पाउने गरी आईसिसी विश्वकपको ट्रफी सोमबार दिउँसो बसन्तपुरमा प्रर्दशन गरिएको हो । नेपालमा पनि घुमाउन ल्याइएको सो ट्रफी आईतबार राष्ट्रपति विद्या भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो ।
सो ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भूमा, दोस्रो दिन पर्यटकीय नगरी पोखरा र आईतबार विहान चन्द्रागिरीमा पनि पु¥याइएको थियो । आईसिसीले विश्व भ्रमणको क्रममा विश्वकप ट्रफीलाई नेपालमा पनि प्रर्दशन गरेको हो ।
नेपालले एक दिवसीय मान्यता पाएकाले सो ट्रफीलाई नेपालमा पनि ल्याइएको हो । क्रिकेटको विश्वकप ट्रफी एक सय दिने भ्रमणको क्रममा नेपाल ल्याइएको हो । सो ट्रफीलाई अव भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, फ्रान्स, नाइजेरिया, जर्मनी हुँदै इङ्ल्याण्ड पु-याइनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका मुख्यमुख्य सहरमा प्रदर्शन गरिने आईसिसीले जनाएको छ ।