राष्ट्रपति भण्डारी ४ दिने भ्रमणका लागि कतार प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

राष्ट्रपति भण्डारी ४ दिने भ्रमणका लागि कतार प्रस्थान

काठमाडौं, १२ कात्तिक । राष्ट्रपति विद्या भण्डारी सोमबार कतार प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी कतारका अमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणामा सोमबार बिहान ४ दिने राजकीय भ्रमणका लागि कतार प्रस्थान गरेकी हुन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले विदाई गरेका थिए ।

कतारमा नेपालको राष्ट्रपतिले राजकीय भ्रमण गर्न लागेको यो दोस्रो पटक हो । यस अघि प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि कतारको राजकीय भ्रमण गरेका थिए । झण्डै चार लाख बढि नेपालीहरु कार्यरत रहेको कतार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको सम्बन्ध र सहयोगलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

राष्ट्रपति भण्डारीले त्यस क्रममा कतारका अमिर तमिमसँग औपचारिक भेटवार्ता गर्नेछिन् । त्यसक्रममा उनले त्यहाँ रहेका नेपाली व्यवसायी र समुदायसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);