निर्वाचन आयोगको निर्णय विरुद्ध अदालन जाने कट्टेलकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

निर्वाचन आयोगको निर्णय विरुद्ध अदालन जाने कट्टेलकाे चेतावनी

काठमाडौं, १० कात्तिक । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले कोष्ठ भित्रको नेकपालाई अधिकारीकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अदालन जाने चेतावनी दिए ।

रिपोर्टस क्लबको साक्षात्कारमा शनिबार बोल्दै अध्यक्ष कट्टेले निर्वाचन आयोगले जनतालाई भ्रममा पार्ने गरि कोष्ठ भित्रको नेकपालाई बैधानिकता दिएको टिप्पणी गरे । सत्ता र शक्तिको आडमा आयोगले गरेको निर्णयलाई न्यायालयले पनि सही सावित गर्ने जान्दा जान्दै पनि गलत नजिरलाई स्थापित गराउन आफु अदालत जाने उनले स्पष्ट पारे ।

उनले वर्तमान सरकार यथास्थितिवादमा पतन भएको र विर्सजनवादतर्फ उन्मुख भएकाले आफुहरु क्रान्तिकारी शक्तिसंगको एकतामा अघि बढ्ने बताए ।

नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेकाहरु नै विर्सजनवादको बाटोमा पुगेको भन्दै उनले आफु भने कम्युनिष्ट आन्दोलनलाई जिवित राख्ने बाटोमा अघि बढ्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);