सुकुम्बासीको घरमा वडाको डोजर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

सुकुम्बासीको घरमा वडाको डोजर

sukumbasi bastima dozer

चितवन,  १० कात्तिक ।  रत्ननगर नगरपालिका ९ मा रहेको सुकुम्बासी बस्तीमा शुक्रबार डोजर लगाइएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको भन्दै वडा कार्यालयले डोजर लगाएर भत्काइदिएको हो। सुकुम्बासी बस्तीमा बनाउँदै गरेको सुकराम दरै र मनिकलाल मुखियाको घरमा वडा कार्यालयले डोजर चलाएको हो। दरैको घरको झ्यालढोका हालिसकेको थियो भने मुखियाको घर भने जग हाल्दै थिए।

वर्षौंदेखि भोगचलन गर्दै आए पनि सार्वजनिक जग्गामा कुनै संरचना नबनाउन नगरपालिकाले सूचना जारी गर्दासमेत अटेर गरेकोले बाध्य भएर डोजर चलाउनु परेको वडा कार्यालयले जनाएको छ। ‘नगरपालिकाले अपनाएको नीतिअनुसार कसैले पनि सार्वजनिक जग्गा ओगटेर संरचना बनाउन पाइँदैन’, वडासचिव खगराज पराजुलीले भने, ‘पटक पटक भन्दा पनि अटेर गरेर संरचना निर्माण गरेको जानकारी पाएपछि हामी डोजर लिएर आएका हौं।’

कुनै पनि सुकुम्बासी बस्तीमा भएका पुराना संरचनाबाहेक नयाँ स्थानमा संरचना बनाउन नपाइने उनले बताए। ‘पुरानो संरचनामा बसिरहेका सुकुम्बासीलाई हटाउन परे पनि नगरपालिकाले विकल्प दिएर मात्रै हटाउँछ,’ उनले भने, ‘तर, नयाँ ठाउँ कब्जा गरेर संरचना निर्माण गर्ने जोकोहीले पनि नगरपालिकाले भनेको नमाने त्यस्ता घरमा हामी डोजर चलाउन बाध्य हुनेछौं।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);