अध्यक्ष पिट्नेले क्षतिपूर्ति तिरिन् | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

अध्यक्ष पिट्नेले क्षतिपूर्ति तिरिन्

kutpit

ओखलढुंगा, १० कात्तिक । सुनकोसी गाउँपालिका–३ स्थित कालिका माध्यमिक विद्यालय सिस्नेरीको व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गर्ने शिक्षिकाले क्षतिपूर्ति तिरेकी छन्  । उक्त विद्यालयकी शिक्षिका देवकुमारी कटवालले अध्यक्षलाई उपचार खर्चबापत ४ हजार २ सय रुपैयाँ तिरेकी हुन्  ।

उनले व्यवस्थापन समितिको बैठकमै भएको विवादमा अध्यक्ष नवराज खड्कामाथि हातपात गरेकी थिइन् । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको छलफलमा प्रधानाध्यापकले राजीनामा गर्ने र शिक्षिका कटवालले उपचार खर्च दिने सहमति भएको हो ।

विद्यालयमा पर्व बिदा लगायतका विषयमा निर्णय गर्न बैठक बोलाउँदा प्रधानाध्यापक शिव दाहालले कटवाललाई निमित्त प्रमुख दिएर अनुपस्थित भएपछि विवाद सुरु भएको थियो । निमित्त प्रअ कटवालले बैठकको निर्णय पुस्तिका नदिँदा विवाद भएपछि अध्यक्ष खड्कामाथि कुटपिट गरेकी थिइन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);