वैदेशिक रोजगारीमा जानेलाई अब प्रदेशबाटै श्रमस्वीकृति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वैदेशिक रोजगारीमा जानेलाई अब प्रदेशबाटै श्रमस्वीकृति

baideshik rojgar

काठमाडौं, ९ कात्तिक । सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ ।

यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाट सेवा उपलब्ध गराउने जानकारी दिए ।

‘वैदेशिक रोजगारीमा जानेले मंसिरदेखि आफ्नै प्रदेशबाट सेवा पाउनेछन्’, उनले भने । वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले प्रदेशबाटै श्रम स्वीकृति दिन लागेको हो । समाचार आजको अन्नपूर्ण पोस्टको पृष्ठ १३ मा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);