अस्पतालमा उडुस आतंक, 'सिस्टरहरु पनि पीडामा' | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

अस्पतालमा उडुस आतंक, ‘सिस्टरहरु पनि पीडामा’

hospital birami

कास्की, ९ कात्तिक । बिरामी र उनीहरुका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान पार्ने गरेको समाचार छ ।

सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्, उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी पर्ने भए । हैरान भएका कुरुवाहरुले अस्पतालका नर्सहरुलाई समस्या सुनाएका थिए । सिस्टरहरु हामी आफैं पीडित छौं पो भन्छन् । उनले भनिन्, मारेर पनि साध्य छैन ।

अस्पताल प्रशासन उडुसको समस्याबारे जानकार नभएको पनि होइन तर, उपयुक्त कदम नचालेको गुनासो बिरामीका कुरुवाको छ । समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);