एजेन्सी, ६ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेष्टर सिटीलाई ३–१ ले हराएको छ । सोमबारराति भएको खेलमा आर्सनललाई जिताउन औबामेयाङ्ले २ र ओजिलले एक गोल गरे ।
३१ औं मिनेटमा आर्सनलका बेलेरिनले आत्मघाति गोल गरेपछि लेष्टरले १ शुन्यको अग्रता लिएको थियो तर ओजिलले ४५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । औबामेयाङ्ले ६३ औं र ६६ औं मिनेटमा गोल गर्दै आर्सनललाई जिताएका हुन् । जितसँगै आर्सनल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।