काठमाडौं, ५ कात्तिक । बिजया दशमी अर्थात् टीका पछिको चौथो दिन सोमबार पनि प्रधानमन्त्री निवास वालुवाटारमा टीका लगाउन सर्वसाधरण तथा कार्यकर्ता उल्लेख्य संख्यामा पुगेका छन् ।
सरकारले एकादशी सम्म मात्रै दशै विदाको समय दिएको भएपनि प्रधानमन्त्रीको सचिवालयले चतुर्दशी सम्म प्रधानमन्त्रीले टीका लगाईदिने बताएपछि कार्यकर्ता तथा सर्वसाधरण सोमबार पनि टीका लगाउन बालुवाटार पुगेका हुन् । आईतबार पनि प्रधानमन्त्री टीका र जमरा लगाउन मै व्यस्त भए ।
यस अघिका कुनै पनि प्रधानमन्त्रीले टीका पछिका दिनमा यसरी सर्वसाधरण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन् । यसपटक भने प्रधानमन्त्री ओलीले चर्तुदशी सम्म सर्वसाधरणलाई टीका लगाउनुहुने भएको छ । सरकारी कार्यालयहरु आईतबार देखि नै संञ्चालनमा आउनु र प्रधानमन्त्रीले टीका भने चर्तुदशी सम्म लगाईरहनुले सरकारका कामकारवाहीमा विरोधाभाष देखिएको छ ।