बाँके, २९ असोज । दशै सुरु भएसँगै बाँकेको नेपालगन्जबाट बाहिर जाने यात्रुको चाप बढेपछि यातायात समितिले यातायातका साधन थप गरेका छन् ।
विगतमा जस्तो दैनिक आलोपाले सिष्टम हटाएर बाँकेका यातायात समितिले संस्थामा भएका सार्वजनिक सवारी साधन यात्रु ओसारपसारमा प्रयोग गरेका छन् । नयाँ र पुराना सवारी साधन राजधानी रुट र पहाडी जिल्लामा थप गरिएको छ ।
दसैंमा घर जाने यात्रुको चाँपलाई मध्यनजर गर्दै सरकारले यात्रुबाहक बसलाई रुट परमिट निशुल्क गरेको छ । दसैंका लागि घर जाने यात्रुको संख्या अत्याधिक रहेकोले रुट परमिट निशुल्क गरिनुका साथै दैनिक चल्ने गाडीको संख्या बढाएको हो ।
हरेक यातायत संस्थाले दसैंका लागि दैनिक दोब्बर गाडी थप गरेर चलाएको व्यसायीहरुले बताएका छन् । दसैं अवधिभर सवारी थपिएको र २४ सै घण्टा चलाउन सक्ने व्यवस्था समितिले गरेका छन् । यात्रुहरुका लागि सवारी रिजर्वको समेत व्यवस्था गरिएको छ ।