असहाय दम्पतिलाई घर हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

असहाय दम्पतिलाई घर हस्तान्तरण

asahayelai ghar

विराटनगर, २८ असोज । विभिन्न दातृनिकायको सहयोगमा विराटनगरमा एक असहाय दम्पतिलाई घर हस्तान्तरण गरिएको छ ।  सामाजिक अभियन्ता बिक्रम कार्कीको अगुवाईमा सहयोग रकम संकलन गरी घर नभएका असहाय दम्पतिलाई घर हस्तान्तरण गरिएको हो ।

आइतबार एक कार्यक्रमबीच बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले असहाय दम्पतिलाई सधैका लागि भोग चलन हुने गरी बस्न घर हस्तान्तरण गरेका छन् । असाहय दम्पतिद्धय श्रीमान् लाल बहादुर श्रेष्ठ मुटु रोगी हुन भने उनकी श्रीमती सुशिला श्रेष्ठ प्यारालाईसिस रोगी हुन् ।

दैनिकी गुजारा समेत गर्न नसक्ने दम्पत्तीको परिवारमा अरु कोई पनि जिम्मेवार व्यक्ति नभएकाले बिभिन्न दातृ निकाय, स्कुल कलेज तथा संघसंस्थाबाट सहयोग जुटाएर सो घर निर्माण गरिएको सामाजिक अभियन्ता विक्रम कार्कीले बताए । घर पाए पछि दुबै दम्पति खुशि भएका छन् ।