काठमाडौं, २६ असोज । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य भीम रावलले काठमाडौं निर्वाचन क्षेत्र नम्वर ७ मा वामदेव गौतमले चुनाव लड्ने चर्चाले पार्टीलाई ठूलो नोक्सान भएको बताएका छन् ।
माउन्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कार्यक्रम प्रस्तोता प्रकाश गिरीसंग कुराकानी गर्दै उनले दुई तिहाइ बहुमत प्राप्त सरकार यस्तै काममा मात्र लागि रहने हो भने दुई तिहाइको शक्ति खेर जाने बताए ।
नेता रावलले सरकार पार्टीको चाहना अनुसार नचलेको आरोप लगाए । सरकारले आफ्नो कामको प्राथमिकता तोक्न नसकेको उनको आरोप छ । उनले नेकपाको बैठक अविलम्व डाक्न समेत माग गरेका छन् ।
भिडियो हेर्नुहोस्: